दिगो विकास (Digo Bikash) - Class 10 Social Unit 2 Lesson 2

Class 10 Social Studies Unit 2 Bikash ra Bikashako Purbadhar Lesson 2 Digo Bikash Exercise Question Answer 2080 Guide. दिगो विकास अभ्यास

पाठ २ : दिगो विकास

 

Class 10 Social Studies Unit 2 bikash ra bikash ko purbadhar Lesson 2 digo bikash Exercise Question Answer 2080 Guide.

Check: SEE Class 10 Model Question 2080/2081


१. दिगो विकासको अवधारणा प्रष्ट पार्नुहोस् ।

 
उत्तर :  

दिगो विकासको अवधारणा मूलतः वातावरण संरक्षण र विकास निर्माणमा प्रत्यक्ष रूपमा सन्तुलन खोज्ने अवधारणा हो । यसले पृथ्वीले वहन गर्न सक्ने अर्थात् धान्न सक्ने र निरन्तर लाभ प्राप्त भइरहने विकासलाई बुझाउँछ । यति मात्र नभई यसले एक क्षेत्रको विकास गर्दा अर्को क्षेत्रको वातावरणीय पक्षमा समेत क्षय हुन नदिने गरी गरिने विकासलाई समेत जनाउँछ । तसर्थ भावी पुस्ताका आवश्यकतालाई मध्यनजर राख्दै वर्तमान पिँढीका आवश्यकतालाई परिपूर्ति गर्ने विकास नै दिगो विकास हो । संयुक्त राष्ट्रसङ्घको ४२ औँ साधारण सभा सन् १९८७ पछि यो अवधारणा विश्वव्यापी बनेको हो ।
 
 


२. “अव्यवस्थित विकासले विनाश निम्त्याउँछ ।" पुष्टि गर्नुहोस् ।

 
उत्तर :

हामीले प्रकृतिको संरक्षण गर्न सक्यौं भने मात्र हाम्रो अस्तित्व रहन्छ । वातावरणको संरक्षणले स्वस्थ र दीर्घायु बन्न सकिन्छ । जैविक विविधता र पारिस्थितिक प्रणालीको संरक्षण गर्न सके पृथ्वीको रक्षा गर्न सकिन्छ । पृथ्वीको तापक्रम वृद्धि रोक्न सकिन्छ । विकास गर्ने बाहनामा जथाभावी वनजङ्गल विनाश गर्नु भनेको वातावरण नाश गर्नु हो । विकास गर्दा अहिलेको आवश्यकता सँगसँगै भावी पुस्ताका आवश्यकतालाई पनि असर पार्नु हुँदैन । बाटो बनाउने नाममा जथाभावी वन मास्ने, जथाभावी डाँडापाखामा डोजर चलाउने कार्यले विकासका नाममा विनाश निम्त्याउँछ । बाढी, पहिरो, भूक्षय, अतिवृष्टि, खण्डवृष्टि, तापक्रममा वृद्धि जस्ता विविध समस्या निम्त्याउँछ । तसर्थ अव्यवस्थित विकासले विनाश निम्त्याउँछ ।
 
 


३. दिगो विकासका लागि तपाईं कसरी योगदान दिन सक्नुहुन्छ ?

 
उत्तर :

दिगो विकासका लागि म निम्न कार्य गरेर योगदान दिन सक्छु :-
 

  • - दिगो विकासको आवश्यकता र महत्त्व सम्बन्धमा जनचेतना फैलाउने
  • - आफ्नो समुदायमा भएका विकास निर्माण कार्य दिगो विकासको अवधारणाअनुरूप भए नभएको खोजी गर्ने
  • - विकास निर्माणसम्बन्धी छलफलमा सहभागी बन्ने र दिगो विकासको अवधारणालाई उच्च प्राथमिकता दिन सुझाउने
  • - सामाजिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको संरक्षणमा आवश्यक सहयोग गर्ने ।

 
 


४. दिगो विकासका उद्देश्यहरूको सूची तयार पार्नुहोस् ।

 
उत्तर :

दिगो विकासको उद्देश्यहरू :-
 

  • (क) गरिबी निवारणमा सहयोग पुऱ्याउने र सामाजिक समृद्धि हासिल गर्ने
  • (ख) मानवीय विकास र प्रगति गरी त्यसको सबलीकरण गर्ने
  • (ग) वातावरणको प्रभावकारी संरक्षण गर्ने
  • (घ) प्राकृतिक स्रोत र साधनको विवेकपूर्ण र सावधानीका साथ उपयोग गर्ने
  • (ङ) उच्च, स्थिर, फराकिलो र दिगो आर्थिक वृद्धि र विकास हासिल गर्ने
  • (च) सुशासन, सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्ने
  • (छ) सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने ।

 

About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

Site is Blocked
Sorry! This site is not available in your country.