पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका
Class 10 Social Studies Unit 5 Nagrik Chethana Lesson 5 Nirvachan Prakriya ra Nagarik ko Bhumika Exercise Question Answer 2080 Guide.
Check: SEE Class 10 Model Question 2080/2081
Nirvachan Prakriya ra Nagarik ko Bhumika Course
Class 10 Social Unit 5 Chapter 5 Course Content is given as:




१. नेपालमा मतदाता नामावली सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?
उत्तर :
निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्य निर्वाचन आयोगले गर्दछ । हरेक जिल्लामा निर्वाचन कार्यालयको व्यवस्था गरिएको हुन्छ । निर्वाचन कार्यालयले १८ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले मतदान गर्न मतदाता नामावलीमा प्रक्रियाबमोजिम नाम समावेश गर्ने काम गर्छ । मतदाता नामावलीमा नाम भएको मतदातालाई फोटोसहितको परिचय पत्र प्रदान गरिन्छ । त्यस्तै निर्वाचन आयोगले मतदाता नामावलीमा विवाह गरेर गएका, बसाइँ सरेर गएकाको नाम मतदाता नामावलीबाट हटाउने र विवाह गरेर आएका, बसाइँ सरेर आएकाको नाम मतदाता नामावलीमा थप्ने व्यवस्था पनि रहेको छ ।
२. फोटोसहितको मतदाता परिचयपत्रको महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर :
फोटोसहितको मतदाता परिचयपत्रको महत्त्व :-
- (क) मतदान निष्पक्ष गर्न गराउन मदत पुग्छ ।
- (ख) अर्काको नाममा मतदान गर्ने प्रवृत्तिमा कमी आउँछ ।
- (ग) मतदान स्थलमा हुने विवादमा कमी आउँछ ।
- (घ) वास्तविक व्यक्तिले नै मतदान गर्न पाउँछन् ।
- (ङ) मतदान स्थलमा व्यक्ति प्रमाणीकरण प्रक्रिया छिटो हुन्छ ।
३. निर्वाचन प्रक्रियामा नागरिकले खेल्न सक्ने भूमिका उल्लेख गर्नुहोस् ।
उत्तर :
निर्वाचन प्रक्रियामा नागरिकले खेल्न सक्ने भूमिका निम्न छन् :-
- (क) मतदाता नामावलीमा नाम समावेश गर्ने, सच्याउने र हटाउने,
- (ख) आर्थिक प्रलोभन, डर, धम्कीमा नपरी जिम्मेवार मतदाता बन्ने,
- (ग) मतको सदुपयोग गर्ने र पालो पर्खेर मतदान गर्ने,
- (घ) सबै दलको घोषणापत्र अध्ययन गरी सबल दुर्बल पक्षमा बहस गर्ने,
- (ङ) मतदान प्रक्रियाबारे घर र छिमेकमा सचेतना फैल्याउने,
- (च) मतदान स्थलमा भैझगडा र हुलदङ्गा हुन नदिने,
- (छ) वृद्ध, अपाङ्ग, सुत्केरी, गर्भवतीलाई पहिलो प्राथमिकता दिने,
- (ज) फर्जी मतदान कार्यलाई निरुत्साहित गर्ने ।
४. निर्वाचन प्रक्रियामा मतदान अधिकृतका प्रमुख कामको सूची तयार गर्नुहोस् ।
उत्तर :
निर्वाचन प्रक्रियामा मतदान अधिकृतका प्रमुख काम निम्न छन् :-
- (क) मतदानको दिन मतदान केन्द्रको व्यवस्था गर्ने
- (ख) सुरक्षा व्यवस्था मिलाउने
- (ग) नियमानुसार मतदानको सुरु र अन्त्य गर्ने
- (घ) मतदान रोक्नुपर्ने अवस्था भएमा स्थगित गर्ने
- (ङ) मतदान प्रक्रियासँग सम्बन्धित उजुरी र गुनासाहरू सुनी सोको कारबाही गर्ने
- (च) मतपेटिका सम्बन्धित ठाउँमा बुझाउने
- (छ) आवश्यक परे स्थानीय तहको निर्वाचनको मत गणना कार्यसमेत सम्पन्न गर्ने ।
५. नेपालमा सबैजसो निर्वाचनमा मतपत्र बदर हुनका कारण पत्ता लगाई समाधानका उपायसमेत सुझाउनुहोस्।
उत्तर :
नेपालमा सबैजसो निर्वाचनमा मतपत्र बदर हुनका कारण :-
- (क) सबै मतदातालाई निर्वाचन प्रक्रियामा बारेमा जानकारी नहुनु
- (ख) स्वस्तिक छाप लगाउने तरिका नजान्नु
- (ग) राजनीतिक दलहरू मतदाता शिक्षाप्रति सचेत नबन्नु
- (घ) निर्वाचन आयोगले सञ्चालन गर्ने मतदाता शिक्षा प्रभावकारी नहुनु
- (ङ) अझै पनि सबै जना साक्षर नहुनु ।
समाधानका उपायहरू :-
- (क) सबै मतदातालाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने
- (ख) मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने
- (ग) राजनीतिक दलहरू पनि जिम्मेवार बनेर यससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने
- (घ) सबैलाई साक्षर बनाउने
- (ङ) टेलिभिजन, रेडियो, एफएम जस्ता सञ्चार माध्यमबाट निर्वाचन प्रक्रियाका बारेमा व्यापक प्रचारप्रसार गर्ने ।