पाठ ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप
Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 6 Samajik Samasya Ko Pahichan ra Samasya Samadhan Sipa Exercise Question Answer 2080 Guide.
Check: SEE Class 10 Model Question 2080/2081


उत्तर :
उत्तर :
उत्तर :
उत्तर :
उत्तर :
Samajik Samasya Ko Pahichan ra Samasya Samadhan Sipa Course
Unit 4 Samajik Samasya Samadhan Lesson 6 Samajik Samasya Ko Pahichan ra Samasya Samadhan Sipa Course is given as:



१. सामाजिक समस्याहरू कसरी पहिचान गर्न सकिन्छ ?
उत्तर :
सामाजिक समस्याहरू समस्याको मूल कारण खोजेर पहिचान गर्न सकिन्छ । त्यस्तै समस्या सिर्जना हुनुको पृष्ठभूमि थाहा पाएर पनि पहिचान गर्न सकिन्छ ।
२. सामाजिक समस्याबाट बच्ने उपायहरू उल्लेख गर्नुहोस् ।
उत्तर :
सामाजिक समस्याबाट बच्ने उपायहरू निम्न छन् :-
- (क) समस्याको प्रकृति, सिर्जित अवस्थाका आधारमा समस्या समाधानका विभिन्न विकल्पमध्ये सही विकल्प छानी कार्यान्वयन गर्ने
- (ख) कुलतमा लागेका साथीको सङ्गत नगर्ने
- (ग) राम्रा र सिर्जनशील कार्यमा आफूलाई व्यस्त राख्ने
- (घ) भविष्य निर्माणमा प्रतिबद्ध हुने
- (ङ) अभिभावक वा परिवारका सदस्यसँग सुमधुर सम्बन्ध स्थापित गर्ने ।
३. तपाईँको वरपरका प्रमुख सामाजिक समस्याको सूची तयार गर्नुहोस् ।
उत्तर :
मेरो वरपरका प्रमुख सामाजिक समस्याहरू :-
- (क) घरेलु हिंसा
- (ख) धूमपान तथा मद्यपान
- (ग) फजुल खर्च र देखासिकी
- (घ) बालविवाह
- (ङ) भ्रष्टाचार
- (च) दुर्व्यसन
४. बालविवाह रोक्न तपाईंले के के प्रयत्न गर्न सक्नुहुन्छ ?
उत्तर :
बालविवाह रोक्न मैले निम्न प्रयत्न गर्न सक्छु
- (क) चेतना जगाउने
- (ख) बालविवाह भइरहेको थाहा पाए प्रहरीमा जानकारी गराउने
- (ग) बालक्लबका माध्यमबाट विभिन्न कार्यक्रम सञ्चालन गर्ने
५. कुलतबाट बच्ने उपायहरू लेख्नुहोस् ।
उत्तर :
कुलतबाट बच्ने उपायहरू :-
- (क) साथीको प्रस्तावलाई इन्कार गर्ने
- (ख) असल साथीको मात्र सङ्गत गर्ने
- (ग) परिवारका सदस्यसँगको सम्बन्ध सुमधुर राख्ने
- (घ) देखासिकीमा नलाग्ने
- (ङ) सिर्जनशील कार्य गरी समय बिताउने र भविष्य निर्माणमा प्रतिबद्ध हुने ।