हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2

Class 10 Social Studies Unit 3 samajik mulya manatya Lesson 2 hamra lokgeet Exercise Question Answer 2080 Guide. हाम्रा लोकगीत अभ्यास.

पाठ २ : हाम्रा लोकगीत

 Class 10 Social Studies Unit 3 samajik mulya manatya Lesson 2 Hamra Lokgeet Exercise Question Answer 2080 Guide.

Check: SEE Class 10 Model Question 2080/2081


Hamra Lokgeet Course

Hamra Lokgeet Class 10 Social Unit 3 Lesson 2 Course is given as:

हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2
हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2
हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2
हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2
हाम्रा लोकगीत (Hamra Lokgeet): Class 10 Social Unit 3 Lesson 2

१. लोकगीत भनेको के हो ?

 
उत्तर :

स्थानीय स्तरमा सिर्जित र सङ्कलित लोक अर्थात् मानिसका सुख, दुःख, पीडा, उमङ्ग र सम्पूर्ण लोकजीवनको अनुभव र अभ्यासलाई समेटिएको कलात्मक साङ्गीतिक अभिव्यक्तिलाई लोकगीत भनिन्छ । यो सरल, बोधगम्य र लोकप्रिय हुन्छ । यसलाई लोक संस्कृतिको अभिन्न अङ्गका रूपमा समेत लिइन्छ ।
 
 


२. पालम, तामाङ सेलो र तिजको गीतको छोटो परिचय दिनुहोस् ।

 
उत्तर :

पालम गीत यो नेपालको पूर्वी भेगमा प्रचलित लोकगीत हो । यस गीतलाई पूर्वी पहाडका लिम्बु जातिले गाउने गर्छन् । यो धाननाचमा जुहारीका रूपमा गाउने गरिन्छ । उदाहरण :
 
सिङ्घाओ थुङ्वे कक्मा फाग
मिन्छागेन आनी याम्मी साग ।
 


तामाङ सेलो : नेपालको मध्य पहाडी क्षेत्रमा तामाङ जातिमा प्रचलित गीत तामाङ सेलो हो । वाग्मती प्रदेशका विभिन्न जिल्लामा बढी प्रचलित भए पनि हाल यो नेपालभरि प्रचलित छ । तामाङ सेलोलाई अहिले नेपाली भाषामा समेत गाउने प्रचलन बढ्दो छ । यसले यसको लोकप्रियता झनै बढाएको छ ।

उदाहरण :
घोर्की स्याउरी ग्यालमरी
गेला टुक्रा सारी ।
 


तिज गीत : यो लोकगीत पर्वगीतअन्तर्गत पर्दछ । महिलाहरूको महान् पर्व तिजका अवसरमा यो गीत गाउने गरिन्छ । महिलाले मात्र गाउने प्रचलन रहेकोमा अहिले आएर पुरुषहरूले पनि तिज गीत गाउन थालेका छन् । उदाहरण :

 
तिजको वेलामा सबै जान्छन् माइत
आफ्नो माइती मुग्लान पारी छैन साइत ।
 
 


३. “लोकगीत हाम्रो मौलिक पहिचान हो ।" यस भनाइलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।

 

हाम्रा भिरपाखा, पहरा, भन्ज्याङ, चौतारी, मैदानी गरा एवम् आलीमा मेलापर्व तथा उत्सवमा गाइने लोकगीतको आफ्नै महत्त्व र सान्दर्भिकता रहेको छ । यी हाम्रा जीवन्त सम्पदा हुन् अनि लोकसंस्कृतिको अभिन्न अङ्ग पनि हुन् । यो समुदायको गीत पनि हो । यसको सर्जक समुदाय हो । यसले मनोरञ्जन मात्रै प्रदान गरेको छैन सामाजिक एकता कायम राख्नसमेत सहयोग गरेको छ । पुस्तान्तरणका माध्यमबाट लोकगीत आजसम्म जीवित बनेको हो । तसर्थ लोकगीत हाम्रो मौलिक पहिचान हो, चिनारी हो ।
 
 


४. नेपाली लोकगीतको संरक्षणमा तपाईँको भूमिका उल्लेख गर्नुहोस् ।

 
उत्तर : 

नेपाली लोकगीतको संरक्षणमा मेरो भूमिका

  • (क) लोकगीतको महत्त्व सम्बन्धमा जनचेतना जगाउने, युवावर्गमा यसको आवश्यकता बोध गराउने
  • (ख) सबै प्रकारका र भाषाका लोकगीतलाई समान रूपमा लिई सम्मान गर्ने
  • (ग) लोकगीतसम्बन्धी कार्यक्रममा सक्रिय सहभागिता जनाउने
  • (घ) नियमित लोकगीत सुन्ने र यसका सर्जकलाई हौसला बढाउने
  • (ङ) स्थानीय क्षेत्रका लोकगीत खोजी गरी संरक्षण गर्ने, गितार संस्कृति होइन सारङ्गी संस्कृतिको निर्माण गर्ने ।

 


परियोजना कार्य


तपाईँको स्थानीय तहमा प्रचलित लोकगीतको खोजी गर्नुहोस्, ती गीत कुन कुन जाति समुदायसँग सम्बन्धित रहेका छन् ? कुन कुन अवसरमा गाउने गरिन्छन् ? ती गीत संरक्षणका उपायहरूसमेत समेटी प्रतिवेदन तयार गर्नुहोस् ।

शीर्षक : हाम्रो स्थानीय तहमा प्रचलित लोकगीत र संरक्षणका उपायसम्बन्धी अध्ययन प्रतिवेदन

उद्देश्य : यस अध्ययनका उद्देश्य निम्न रहेका छन् :-

 
(क) यस स्थानीय तहमा प्रचलित लोकगीतको खोजी गर्नु
(ख) ती लोकगीत संरक्षण गर्ने उपायहरू सुझाउनु ।
 
अध्ययन विधि : अवलोकन, सोधखोज, प्रश्नोत्तर आदि ।
 
प्राप्त तथ्यहरू : स्थानीय तहका विभिन्न स्थान र समुदाय तथा जातिको अवलोकन, सम्बन्धित व्यक्तिसँग सोधखोज र प्रश्नोत्तर गर्दा निम्न तथ्य प्राप्त भयो :-


 
(क) ........
 
(ख) ........
 
(ग) .........
 
(घ) .........

 
निष्कर्ष र सुझावहरू : माथिको तथ्यलाई समेत दृष्टिगत गर्दा हाम्रो स्थानीय तहमा विभिन्न जातजातिका विभिन्न अवसरमा गाइने विभिन्न लोकगीत रहेको पाइयो । यी लोकगीतहरूको संरक्षण गर्न लोकगीतहरूको खोजी गरी रेकर्डिङ गर्ने, स्थानीय एफएमहरूमा लोकगीत प्रतियोगिताहरू सञ्चालन गर्ने, लोकगीतको आवश्यकता सम्बन्धमा प्रचारप्रसार गर्ने, विदेशी संस्कृतिको अतिक्रमणलाई रोक्ने जस्ता कार्य गर्नुपर्ने देखिन्छ ।

About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

Site is Blocked
Sorry! This site is not available in your country.