पाठ ३ : नेपाली लोकबाज
Class 10 Social Studies Unit 3 samajik mulya manatya Lesson 3 Nepali Lokbaja Exercise Question Answer 2080 Guide.
Check: SEE Class 10 Model Question 2080/2081
Nepali Lokbaja Course



१. लोकबाजाको परिचय दिनुहोस् ।
उत्तर :
नेपालका विभिन्न भूभागमा बसोबास गर्ने जातजाति तथा समुदायमा प्रचलित मौलिक वाद्यवादनका साधनलाई लोकबाजा भनिन्छ । हाम्रो समाजमा प्रचलित तारले रेटेर बजाइने, मुखले फुकेर वा गजाले ठोकेर सुरताल मिलाई विभिन्न अवसरमा बजाइने यन्त्रविशेष वा वाद्यलाई नै लोकबाजा भनिन्छ । यिनीहरू हाम्रो समाजको सहनसहन, जन्म, विवाह, मृत्युसंस्कारका साथै चाडपर्व, जात्रा, उत्सव, महोत्सव, मेलापात आदिसँग गाँसिएर आउँछन् ।
२. नेपाली पञ्चेबाजा समूहमा पर्ने बाजाहरूको नाम र तिनीहरूको विशेषता लेख्नुहोस् ।
उत्तर :
क्रम | नाम | विशेषता |
---|---|---|
क. | नरसिङ्गा | तामाबाट बनाइने, लामो, ठुलो र घुमेको, फुकेर बजाइने |
ख. | सहनाई | पित्तलले बनेको, एकातिर सुकेको र अर्कोतिर फुकेको, फुकेर बजाइने |
ग. | झ्याली वा झुर्मा | काँसबाट बनाइने, दुईओटा प्लेट आकारका भागलाई डोरीले बाँधेर ठोकेर बजाइने |
घ. | दमाहा वा नगरा | तामा वा पित्तलबाट बनाइने अर्धगोलाकार, काठको लौरो प्रयोग गरी बजाइने |
ङ. | ट्याम्को | दमाहाभन्दा सानो आकारको हुने, गजाले हानेर बजाइने |
३. नेपाली लोकबाजाको महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर :
नेपाली लोकबाजाको महत्त्व निम्न छन् :-
- (क) लोकबाजा देशका पहिचान हुन् ।
- ( ख ) मौलिक संस्कृतिलाई जोगाउने काम गर्छ ।
- (ग) जाति तथा समुदायलाई चिनाउने काम गर्छ ।
- (घ) मनोरञ्जन प्रदान गर्छ ।
- (ङ) लोकगीतको संरक्षण गर्छ ।
- (च) व्यावसायिक बनाई आयआर्जन गर्न सकिन्छ ।
- (छ) शारीरिक एवम् मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न मदत गर्छ ।
४. “नेपाली लोकबाजा नेपालीहरूको पहिचान हो ।" यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
उत्तर :
हाम्रो देशमा अनेकौँ सांस्कृतिक वैभव छन् । ती वैभवमध्ये लोकबाजा गौरव गर्न लायक सम्पत्ति हुन् । यिनीहरू नेपाली समाजको सहनसहन, जन्म, विवाह र मृत्युसंस्कारका साथै चाडपर्व, जात्रा, उत्सव, महोत्सव, मेलापात आदिसँग गाँसिएर आउँछन् । नेपाली समाजको मौलिक सभ्यता र संस्कृतिको शङखनाद गर्ने पहिचानसमेत हुन् हाम्रा लोकबाजा । लोकबाजा मौलिक लोकसंस्कृतिको अभिन्न अङ्ग हो । नेपाली लोकजीवनको धुकधुकी हो । नेपाली लोकबाजामा नेपाली जीवनको पिर र व्यथा बोलेको हुन्छ, आँसु रसाएको हुन्छ र हाँसो पनि मुस्कुराएको हुन्छ । लोकबाजामा हाम्रा गौरवशाली पुर्खालाई देख्न र सुन्न सकिन्छ । हाम्रा कुनै पनि धार्मिक तथा सामाजिक संस्कार साङ्गीतिक अनुष्ठानबिना अधुरा रहन्छन् । तसर्थ नेपाली लोकबाजा नेपालीहरूको पहिचान हो, चिनाउने आधार हो ।