हाम्रो सामाजिक दायित्व (Hamro Samajik Dayitwo) - Class 10 Social Unit 3 Lesson 8

Class 10 Social Studies Unit 3 Samajik Mulya Manatya Lesson 8 Hamro Samajik Dayitwo Exercise Question Answer 2080 Guide. हाम्रो सामाजिक दायित्व

पाठ ८ : हाम्रो सामाजिक दायित्व

 
Class 10 Social Studies Unit 3 Samajik Mulya Manatya Lesson 8 Hamro Samajik Dayitwo Exercise Question Answer 2080 Guide.

Check: SEE Class 10 Model Question 2080/2081

Hamro Samajik Dayitwo Course

हाम्रो सामाजिक दायित्व (Hamro Samajik Dayitwo) - Class 10 Social Unit 3 Lesson 8 Book Course is given as:

हाम्रो सामाजिक दायित्व (Hamro Samajik Dayitwo) - Class 10 Social Unit 3 Lesson 8
हाम्रो सामाजिक दायित्व (Hamro Samajik Dayitwo) - Class 10 Social Unit 3 Lesson 8
हाम्रो सामाजिक दायित्व (Hamro Samajik Dayitwo) - Class 10 Social Unit 3 Lesson 8

१. जेष्ठ नागरिकको महत्त्व कुनै चार बुँदामा उल्लेख गर्नुहोस् ।

 
उत्तर :

जेष्ठ नागरिकको महत्त्वलाई निम्न बुँदाका माध्यमबाट स्पष्ट पार्न सकिन्छ :-
 
(क) समाजको निर्माणकर्ता
(ख) सामाजिक तथा सांस्कृतिक ज्ञान, मूल्य मान्यता र परम्पराका धरोहर
(ग) अथाह अनुभव र ज्ञानको भण्डार
(घ) असल बाटो देखाउने पथप्रदर्शक
 
 


२. " जेष्ठ नागरिक हाम्रा पथप्रदर्शक, संस्कृति, मूल्यमान्यता र परम्पराका स्रोत हुन् ।" यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस् ।

 
उत्तर :

जेष्ठ नागरिकहरूले आफ्नो जीवनमा प्रशस्त उतार चढाव भोगेका हुन्छन् । त्यही उतार चढाव र भोगाइका कारण जेष्ठ नागरिकहरूमा अथाह अनुभव र ज्ञानको भण्डार रहेको हुन्छ । तसर्थ उहाँहरू हाम्रा असल पथ प्रदर्शक हुन् । हामीलाई सधैँ सत्मार्गमा लाग्न प्रेरित गर्ने प्रेरक पनि हुन् जेष्ठ नागरिकहरू । समाज निर्माणमा उहाँहरूको ठुलो योगदान रहेको छ । आज हामीले जुन सांस्कृतिक गौरव प्राप्त गरेका छौं त्यो उहाँहरूकै योगदान हो । संस्कृतिको स्रोत, पुस्तान्तरण र हस्तान्तरणको माध्यम जेष्ठ नागरिक नै हुन् । सांस्कृतिक ज्ञान, मूल्य मान्यता र परम्पराका धरोहरका रूपमा जेष्ठ नागरिक रहेका छन् ।
 
 


३. असहाय र अपाङ्गता भएका व्यक्तिको सुविधा र संरक्षणका लागि भएका कानुनी व्यवस्थाहरू के के छन्, उल्लेख गर्नुहोस्

 
उत्तर :

असहाय र अपाङ्गता भएका व्यक्तिको सुविधा र संरक्षणका लागि भएका कानुनी व्यवस्थाहरू :-
 
(क) नेपालको संविधान, २०७२ मा मौलिक हक अन्तर्गत रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी हकमा वृद्ध, अपाङ्ग, अशक्त र असहाय नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ ।
 
(ख) राज्यका नीतिहरूमा असहाय, वृद्ध, अपाङ्ग, अशक्तको संरक्षण र उन्नतिका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्ने नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ ।
 
(ग) अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको मूल प्रवाहमा ल्याउन राज्यका हरेक निकायमा आरक्षणको व्यवस्था गरिएको छ ।
 
(घ) सार्वजनिक स्थलहरूमा अपाङ्गमैत्री वातावरण तयार गरी विशेष संरक्षण गर्ने प्रयास गरिएको छ ।
 
 


४. अपाङ्गता भएका व्यक्तिलाई दया माया होइन, अवसर प्रदान गर्नुपर्छ, किन ?

 
उत्तर :

दया मायाले मात्र अपाङ्गता भएका व्यक्तिहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिँदैन । उनीहरूका समस्या समाधान गरी दिगो रूपमा सम्मानजनक ढङ्गबाट रहन सक्ने अवस्थाको सिर्जना हुनु जरुरी छ । त्यसका लागि उनीहरूको क्षमता पहिचान गर्ने र क्षमताअनुरूपको रोजगारी तथा स्वरोजगारीको व्यवस्था गर्न सकेका मात्र उनीहरूप्रतिको दृष्टिकोण बदलिन्छ । अपाङ्गता भएका व्यक्तिले पनि गर्न सक्छन् भन्ने तथ्य सबैले बोध गर्छन् । तसर्थ अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाई सम्मानजनक रूपमा जिउने अवसर प्रदान गर्न दया माया मात्र पर्याप्त हुँदैन, अवसर प्रदान गर्नुपर्छ । राज्यले अपाङ्गता भएका व्यक्तिलाई शिक्षाको अवसर दिएको छ । रोजगारी र अन्य क्षेत्रमा अवसर दिएको छ । तसर्थ उनीहरूलाई आत्मनिर्भर र सम्मानको जीवन व्यतीत गर्ने अवस्थाको सिर्जना भएको छ ।
 


सामदायिक कार्य

 

तपाईँको परिवार तथा छरछिमेकमा जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिको अवस्था कस्तो छ ? साथीहरूसँग मिलेर सामूहिक खोजी गर्नुहोस् र उनीहरूको संरक्षण र सम्मानका लागि के कस्ता कार्यहरू गर्नुपर्ला ? सुझावसहितको एउटा प्रतिवेदन तयार गर्नुहोस्।

 

शीर्षक :- जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिको अवस्था र संरक्षणका उपायहरूसम्बन्धी अध्ययन

 

उद्देश्य : - यस अध्ययनका उद्देश्य निम्न छन् :-

 
(क) समुदायमा रहेका जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिको वर्तमान अवस्था पहिचान गर्नु (ख) उनीहरूको संरक्षण र सम्मानका लागि गर्नुपर्ने कार्यहरू सुझाउनु ।
 

अध्ययन विधि : प्रत्यक्ष अवलोकन र सोधखोजका माध्यमबाट

प्राप्त भएका मुख्य मुख्य तथ्यहरू :-

(क)

(ख)

(ग)

(घ)

(आफै लेख्नुहोस्)

निष्कर्ष तथा सुझावहरू :

मिति : प्रतिवेदक :



About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

Site is Blocked
Sorry! This site is not available in your country.