यौन विकृति र विसङ्गति: Class 10 Social Unit 4 Lesson 2

Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 2 Youn Bikiti ra Bisangati Exercise Question Answer 2080 Guide. यौन विकृति र विसङ्गति.

पाठ २ यौन विकृति र विसङ्गति

 

Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 2 Youn Bikiti ra Bisangati Exercise Question Answer 2080 Guide.

Check: SEE Class 10 Model Question 2080/2081


Youn Bikiti ra Bisangati Course

Class 10 Social Unit 4 Lesson 2 Course Content is given as:

Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 2 Youn Bikiti ra Bisangati Exercise Question Answer 2080 Guide.
Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 2 Youn Bikiti ra Bisangati Exercise Question Answer 2080 Guide.

१. कम उमेरमा विवाह गर्दा कस्ता समस्या आइपर्न सक्छन् ?

 
उत्तर :

कम उमेरमा विवाह गर्दा आइपर्न सक्ने समस्याहरू निम्न छन् :-
 
(क) पढाइ छोड्नुपर्ने अवस्था आउन सक्ने
(ख) बच्चाको स्याहारसुसार र परिवार पाल्नतिर ध्यान दिनुपर्ने
(ग) शारीरिक तथा मानसिक समस्या आइपर्न सक्ने
(घ) आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने
(ङ) उमेरै नपुगी पारिवारिक बोझ बोक्नुपर्ने ।
 
 


२. यदि तपाइँमाथि यौन दुर्व्यवहार हुन खोज्यो भने तपाईं के गर्नुहुन्छ ?

 
उत्तर :

हामी कसैले पनि यौन दुर्व्यवहार सहेर बस्नु हुँदैन । तसर्थ यदि ममाथि यौन दुर्व्यवहार हुन खोज्यो भने सर्वप्रथम त म सचेत गराउँछु । यौन दुर्व्यवहार विसङ्गति हो भन्ने सम्झाउँछु । सचेत गराउँदा र सम्झाउँदा पनि नभए सम्बन्धित निकायमा गएर उजुरी दिन्छु ।
 
 


३. आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकले खेल्न सक्ने भूमिका लेख्नुहोस् ।

 
उत्तर :  

आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकले खेल्न सक्ने भूमिका:
(क) यौन विकृति र विसङ्गतिका बारेमा बालबालिकासँग खुलेर कुरा गर्ने
(ख) यौन विकृति र विसङ्गतिका नकारात्मक पक्षका बारेमा जानकारी गराउने
(ग) यौन विकृति र विसङ्गतिबाट बच्ने उपाय सिकाउने
(घ) बालबालिकालाई सही संस्कार र गतिविधिमा संलग्न गराउने
(ङ) अभिभावक स्वयम्‌ले आदर्श र नैतिक व्यवहार प्रदर्शन गर्ने
(च) बालबालिकाको गतिविधि सूक्ष्म किसिमले नियालिरहने ।
 
 


४. समाजमा हुने यौन विकृति र विसङ्गतिलाई हटाउनका लागि के के गर्नुपर्ला ?

 
उत्तर :

समाजमा हुने यौन विकृति र विसङ्गतिलाई हटाउन निम्न कार्य गर्न सकिन्छ :-
(क) यौन विकृति र विसङ्गतिका खराब पक्षका बारेमा जनचेतना अभिवृद्धि गर्ने
(ख) समाजका प्रत्येक सदस्यहरूले उच्च नैतिकता प्रदर्शन गर्ने
(ग) रोजगार तथा स्वरोजगारमा संलग्न हुने
(घ) संयुक्त परिवारमा बस्ने व्यवस्था मिलाउने
(ङ) यौन विकृति र विसङ्गतिमा संलग्न हुनेलाई कानुनी कारबाहीको व्यवस्था गर्ने ।


About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

Site is Blocked
Sorry! This site is not available in your country.