पाठ ३ घरेलु हिंसा
Class 10 Social Studies Unit 4 Samajik Samasya Samadhan Lesson 3 Gharelu Hinsa Exercise Question Answer 2080 Guide.
Class 10 Social Studies Unit 3 Lesson 3 Gharelu Hinsa Course is given as:


१. घरेलु हिंसा भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् ।
उत्तर :
घरेलु हिंसा भनेको परिवारभित्र परिवारकै सदस्यले अर्को सदस्यमाथि गर्ने शारीरिक, मानसिक, आर्थिक तथा यौनिक दुर्व्यहार हो । यसर्थ आनीबानी, बोलीवचन, मर्यादा, हकअधिकार, पहुँचलगायतका विषयलाई लिएर घरपरिवारभित्र परिवारका सदस्यमाथि हुने नकारात्मक व्यवहार, दबाब, कुटपिट आदिलाई घरेलु हिंसा भनिन्छ । दाइजो नल्याएको वा कम ल्याएको निहुँमा पिट्नु, जिउँदै आगो लगाइदिनु, छोरीलाई राती ढिलो आएको भनी दुर्व्यवहार गर्नु आदि यसका उदाहरण हुन् ।
२. घरेलु हिंसाबाट बच्न र बचाउन तपाइँले गर्नसक्ने कार्यको सूची तयार पार्नुहोस् ।
उत्तर :
घरे हिंसाबाट बच्न र बचाउन मैले गर्नसक्ने कार्य :-
(क) सबैलाई समान व्यवहार गरी सबैको विचारको सम्मान गर्ने
(ख) सभ्य बन्ने र अनुशासनमा रहने
(ग) हिंसाविरुद्ध एकतावद्ध भई प्रतिकार गर्ने
(घ) सचेतना अभिवृद्धि गर्ने ।
३. घरेलु हिंसा विरुद्ध जनचेतना फैलाउने कुनै दुईओटा नारा लेख्नुहोस् ।
उत्तर : घरेलु हिंसा विरुद्ध जनचेतना फैलाउने दुईओटा नारा :-
(क) घरेलु हिंसा सामाजिक समस्या मात्र होइन कानुनी अपराध पनि हो ।
(ख) घरेलु हिंसाबाट आफू बचौँ अनि अरूलाई पनि बचाऔँ सभ्य समाजको निर्माणमा सहयोग पुयाऔँ । ।
४. “घरेलु हिंसा सामाजिक अपराध हो ।” यस भनाइलाई आफ्ना तर्कसहित पुष्टि गर्नुहोस् ।
उत्तर :
आदर्श र सभ्य समाजको निर्माण गर्न घरेलु हिंसा बाधक बनेको हुन्छ । घरेलु हिंसा असभ्य र मानवीय क्रुरताको परिचायक पनि हो । घरेलु हिंसाले व्यक्ति र परिवारलाई मात्र होइन समाज र राष्ट्रलाई नै नकारात्मक असर पारिरहेको हुन्छ । यसले स्वतन्त्रता र मानवताको खिल्ली उडाइरहेको हुन्छ । यसको कारणले गर्दा समाजमा लागु पदार्थको सेवनमा वृद्धि हुने, आत्महत्या बढ्ने, शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने, पारिवारिक बेमेलको स्थिति सिर्जना हुने, सामाजिक कलह सिर्जना हुने, बालबालिकामा असर पर्ने जस्ता समस्या आउँछ । घरेलु हिंसालाई कानुनले समेत प्रतिबन्ध लगाएको छ । तसर्थ घरेलु हिंसा सामाजिक अपराध हो ।