पाठ ४ : हाम्रा राष्ट्रिय गौरव
Class 10 Social Studies Unit 1 Hami ra Hamro Samaj Lesson 4 Hamro Rastriya Gaurav Exercise Question Answer 2080 Social Studies Guide.
Check: SEE Class 10 Model Question 2080/2081
१. राष्ट्रिय गौरव भनेको के हो ?
उत्तर :
आत्मसम्मानको अनुभूतिलाई गौरव भनिन्छ । नेपाललाई विश्वमा चिनाउने चिनारी र नेपाली हुनुमा गौरव गर्ने इतिहास, संस्कृति, मूल्य मान्यता, सम्पदा र सम्मान गर्ने बानीलाई नै राष्ट्रिय गौरव भनिन्छ । लुम्बिनी, जानकी मन्दिर, सगरमाथा, नेपाली वीरता आदि यसका उदाहरण हुन् ।
२. 'नेपाल एक बहुसांस्कृतिक राष्ट्र हो' यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर :
नेपालमा सयौँ जाति रहेका छन्, सयौँ भाषा रहेका छन्, विभिन्न मूल्य मान्यता र प्रचलन रहेका छन् । यहाँ थुप्रै जातिले थुप्रै चाडपर्व मनाउँछन् । रहनसहन, खानपिन, जन्मदा र मर्दाका प्रचलनहरू पनि फरक फरक छन् । यसको अर्थ नेपालमा धेरै संस्कृति रहेका छन् । तराई मधेशमा थारु र मिथिला संस्कृतिदेखि पहाड तथा हिमालसम्म तामाङ तथा मगर लगायतका थुप्रै संस्कृतिको मेलबाट नेपाली संस्कृतिको निर्माण भएको छ । तसर्थ नेपाल एक बहुसांस्कृतिक राष्ट्र हो।
३. मानौँ तपाइँ विदेश भ्रमणमा हुनुहुन्छ । त्यहाँको कुनै कार्यक्रममा तपाइँलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने के के विषयवस्तु प्रस्तुत गर्नुहुन्छ ?
उत्तर:
विदेश भ्रमणमा गएका वेला कुनै कार्यक्रमा मलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने निम्न विषयवस्तु प्रस्तुत गर्छु ।
- (क) शान्तिको देश, शान्तिका दूत बुद्धको देशसम्बन्धी विषयवस्तु
- (ख) विश्वको सर्वोच्च शिखर सगरमाथासम्बन्धी विषयवस्तु
- (ग) वेदका ज्ञाता वेदव्याससम्बन्धी विषयवस्तु
- (घ) जानकी र कलाकार अरनिकोसम्बन्धी विषयवस्तु
- (ङ) नेपालको भौगोलिक विविधतासम्बन्धी विषयवस्तु
४. “हामी वीर नेपालीका सन्तति हाँ, कसैले हाम्रो मानमर्दन गरेमा सो कार्य हामीलाई कदापि स्वीकार्य हुँदैन ।" यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।
उत्तर :
हामी वीर नेपालीका सन्तति हौं । विश्वभरि नै नेपालीलाई वीर भनेर चिनिन्छ । नेपालीको वीरताको प्रशंसा विश्वभरि नै मुक्तकण्ठले हुन्छ । आज पनि विश्वशान्तिका लागि नेपाली सेनाको योगदान अविष्मरणीय छ । जहाँ जहाँ नेपाली सेना छ त्यहाँ इमानदारिता र वीरता छ । त्यसैले कसैले हाम्रो मानमर्दन गरेमा वा हामीलाई हेप्ने गरेका त्यो कार्य कदापि स्वीकार्य हुँदैन । भारतीय नाकाबन्दीको सामना यसको गतिलो जवाफ हो ।
सामुदायिक कार्य
तपाइँ रहेको प्रदेश वा जिल्लामा राष्ट्रिय गौरवका विषय हुन सक्छन् । ती के के रहेछन् ? तिनीहरूका विशेषता खोजी गरी प्रतिवेदन तयार पार्नुहोस् ।
शीर्षक मधेस प्रदेशमा रहेका राष्ट्रिय गौरव र तिनका विशेषता :-
अध्ययनका उद्देश्य :- यस अध्ययनका उद्देश्य निम्न छन् :-
- (क) मधेस प्रदेशमा रहेका राष्ट्रिय गौरवका विषय पहिचान गर्ने
- (ख) ती गौरवका विषयका विशेषता खोजी गरी प्रस्तुत गर्ने ।
अध्ययन विधि :- विभिन्न पुस्तकहरू अध्ययन, ठुलाबडासँग सोधपुछ, इन्टरनेटमा खोजी । प्राप्त भएका मुख्य मुख्य कुराहरू :-
(१) मधेस प्रदेशमा रहेका राष्ट्रिय गौरवका विषयहरू निम्न रहेको पत्ता लाग्यो :
- (क) जानकी मन्दिर
- (ख) गढीमाई मेला
- (ग) नेपालको प्रवेशद्वार वीरगञ्ज
(२) यिनका प्रमुख विशेषताहरू :
(क) जानकी मन्दिर : नौलखा मन्दिर पनि भनिने, कलात्मक र आकर्षक रहेको, राम सीताको विवाहसँगसम्बन्धित, प्रत्येक वर्ष स्वदेश तथा विदेशका लाखौँ तीर्थयात्री आउने ।
(ख) गढीमाइ मेला : एसियाकै सबैभन्दा ठुलो मेला, प्रत्येक पाँच पाँच वर्षमा लाग्ने, बलिका लागि नेपाल तथा भारतमा प्रसिद्ध रहेको ।
(ग) नेपालको प्रवेशद्वार : वीरगञ्ज सहरलाई नेपालको प्रवेशद्वारका रूपमा लिइने, अधिकांश आयात र निर्यात यसै नाकाबाट हुने गरेको, आर्थिक नगरीका रूपमा विकास गर्न सकिने ।
निष्कर्ष तथा सुझाव : यस्ता राष्ट्रिय गौरवका विषयहरू खोजी गरी संरक्षण र सम्बर्धन गर्न सक्ने आन्तरिक तथा बाहृय पर्यटकको केन्द्रका रूपमा विकास गरी मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सकिन्छ ।
मिति:
प्रतिवेदक:
Read:
हाम्रा पहिचान (Hamra Pahichan) - Class 10 Social Unit 1 Lesson 2
सामाजिकीकरण (Samajikaran) - Class 10 Social Unit 1 Lesson 1
विविधतामा एकता (Vividhata Ma Ekata) - Class 10 Social Unit 1 Lesson 3